भोलि दिउँसो एमाले सचिवालय बैठक बस्ने

काठमाण्डु – नेकपा एमालेले भोलि दिउँसो सचिवालय बैठक बोलाएको छ । पार्टी मुख्यालय च्यासलमा भोलि बिहीबार १२ः३० बजे सचिवालय बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले जानकारी दिए । सचिवालय बैठकमा केन्द्रीय कमिटीको बैठकको एजेण्डा, राष्ट्रिय राजनीति लगायतबारे छलफल हुने जनाइएको छ । एमालेले पुस २१–२२ गते केन्द्रीय कमिटी बैठक बोलाएको छ ।