शेरा दरबारको जग्गा व्यक्ति,कम्पनीका नाममा गएको छ भने त्यो फिर्ता हुन्छ : गृहमन्त्री लेखक

काठमाण्डु– गृहमन्त्री रमेश लेखकले नुवाकोटको शेरा दरबारको जग्गा हिनामिनाबारे गम्भीर अनुसन्धान भइरहेको बताएका छन्। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा गृहमन्त्री लेखकले गम्भीरतापूर्वक अनुसन्धान भइरहेको बताएका हुन्। गृहमन्त्री लेखकले भने, ‘शेरा दरबारको विषयमा गम्भीरतापूर्वक अनुसन्धान भइरहेको छ। दोषी देखिए कानुन बमोजिम कारबाही अगाडि बढ्छ। त्यो जग्गा गलत ढगले कसै व्यक्ति, कम्पनीका नाममा गएको…