काठमाण्डु – प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले सरकारले संसद् बैठक आह्वान नगरेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् । बुधबार संघीय संसद् सचिवालयले नगरकोटमा आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले सरकार संसद्सँग तर्किरहेको र तर्किन नहुने बताए । सभामुख घिमिरेले संसद्प्रति सरकार पूर्णरूपमा जवाफदेही हुनुपर्ने बताए । संसद्लाई सरकार जन्माउने आमाको रूपमा चित्रण गर्दै उनले सरकार आमाबाट टाढा हुन…