काठमाण्डु– मध्य अफ्रिकामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली भएको छ । आइतबार महावीर गण रेञ्जर (शान्ति सेना) दोस्रो डफ्फालाई बदली गर्न युद्धभैरव गण (शान्ति सेना) तेस्रो डफ्फाका २२५ जना नेपाली शान्ति सैनिकहरूको अन्तिम टोली, सेनानी हुपेन्द्र लाल रेग्मीको नेतृत्वमा संयुक्त राष्ट्रसंघको चार्टड विमानद्वारा मिसन इलाकातर्फ प्रस्थान गरेका हुन् । यसअघि सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न…