काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू ग्यालेक्सी फोके टेलिभिजनमा रहँदा सुर्यदर्शन लगायत कुनै पनि सहकारीहरूबाट ऋण लिने निर्णय नभएको जिकिर गरेका छन् । सञ्चालकले औपचारिक र अनौपचारिक रूपमा पनि त्यसबारे आफूलाई जानकारी नदिएको लामिछानेले बताएका हुन् । लामिछानेले गोरखा मिडिया नेटवर्कको खाताबाट चेक काटेर सहकारीको ऋण तिरेको विषयमा आफ्नो संलग्नता रहेको समेत अस्वीकार…