काठमाण्डु-सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बम सवार गाडी भारतमा दुर्घटना भएको छ । राज्यमन्त्रीसहित तीन जना सवार प्रदेश ३–०१–०२४ च नम्बरको कार भारतीय नम्बरको कारसँग ठोक्किएको थियो । भारतको पलिया बजार नजिक दुर्घटना हुँदा राज्यमन्त्री बम, श्रीमती कल्पना बम र सहयोगी पदम देउवा घाइते भएको कैलाली जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दर्शन खड्काले…