काठमाण्डु– एसीसी यू–१९ महिला एसिया कप क्रिकेटमा नेपालले भारतलाई ९५ रनको लक्ष्य दिएको छ । मलेसियामा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९४ रन बनाएको हो । नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक २५ रन बनाइन् । अलिशाकुमारी यादवले आक्रामक ब्याटिङ गरिन् । उनले ९ बलमा अविजित २० रन…