जी २० अर्थमन्त्रीहरूको सम्मेलनमा भाग लिन अर्थमन्त्री पौडेल भारत प्रस्थान

काठमाण्डु - उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडल जी-२० का अर्थमन्त्रीको सम्मेलनमा भाग लिन आज अपराह्न भारत प्रस्थान गरेका छन्। सम्मेलन फागुन १२ र १३ गते भारतको बैङ्लोरमा हुने कार्यक्रम छ । सो अवसरमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले भारतलगायत विभिन्न देशका समकक्षीसँग छलफल गर्ने जनाइएको छ । उनीसँगै अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख…