काठमाण्डु - नेपाली कांग्रेसका सांसद एवं प्रवक्ता डा. प्रकाशशरण महतले नेपाली कांग्रेससहित बसेको चार दलीय बैठकमा प्रधानमन्त्री राष्ट्रपतिमा नेपाली कांग्रेसको उम्मेदवारलाई सघाउने कुरामा सकारात्मक देखिएको बताएका छन् । शुक्रबार संसद परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्न सकारात्मक रहेको दाबी गरेका हुन् । राष्ट्रपतिको निर्वाचनमा कांग्रेसको उम्मेदवारलाई अन्य…