सरकारबाट बाहिरिने राप्रपाको निर्णय

काठमाण्डु - राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको छ।  शनिबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा बसेको राप्रपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको हाे।