पूर्वगृहमन्त्री खाण भन्छन्- पार्टीभित्रैकाे शक्ति लागेर मलाई हराए

बुटवल - पूर्वगृहमन्त्री तथा कांग्रेसका नेता बालकृष्ण खाणले चुनावमा आफूलाई हराउन पार्टीभित्र र बाहिरका शक्ति परिचालित भएको दाबी गरेका छन् । तर उनले को को परिचालित थिए भनेर खुलाएनन् । बिपी कोइराला अध्ययन प्रतिष्ठानको छैठौँ साधारणसभा, चौथो अधिवेशनको उदघाटन तथा ४६औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रममा बुटवलमा शनिबार आयाेजित उनले यस्तो बताएका हुन् ।…