संसदभित्र र बाहिर रहेका कम्युनिष्टबीच एउटै पार्टी बनाउने अभियानमा लागेका छौं : महासचिव गुरुङ

काठमाण्डु - नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले संसदभित्र र बाहिर रहेका कम्युनिष्टबीच आपसी संवाद र छलफलबाट एउटै कम्युनिष्ट पार्टी बनाउनुपर्नेमा जोड दिएका छन् । शुक्रबार भैरहवामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले कम्युनिष्टको एकताविना प्राप्त राजनीतिक उपलब्धिको रक्षा नहुने भन्दै संसदभित्र र बाहिर रहेका कम्युनिष्टबीच आपसी संवाद र छलफलबाट एउटै कम्युनिष्ट पार्टी बनाउनुपर्नेमा जोड दिएका हुन्।…