काठमाण्डु- सत्ता गठबन्धनमा नयाँ राष्ट्रपतिका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नाम अघि सारिएको छ । अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले राष्ट्रपतिका लागि नेपाल र पौडेलको नाममा गठबन्धनमा छलफल चलिरहेको बताए । बिहीबार शपथ ग्रहणका लागि संघीय संसद् भवन पुगेका शर्माले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेपाल…