कृषि क्षेत्रमा सुधार नभएको किसान सञ्जालको आरोप, १७ बुँदे माग सार्वजनिक

काठमाण्डु – राष्ट्रिय किसान सञ्जालले वर्तमान अन्तरिम सरकारले कृषि क्षेत्रमा सुधार र किसानका समस्या सम्बोधन गर्न कुनै ठोस कदम नउठाएको आरोप लगाएका छन् । बिहीबार काठमाण्डुमा पत्रकार सम्मेलन गर्दै सञ्जालले कात्तिक १६ गते राष्ट्रिय किसान सञ्जालको तर्फबाट कृषि तथा पशुपछि विकास मन्त्रीलाई मन्त्रालयमा भेट गरी किसान र कृषिक्षेत्रका समस्या तत्काल सम्बोधन गर्न नेपाल सरकार र…