कांग्रेसमा महाधिवेशनको किचलो कायमै, नेताहरू आ-आफ्नै अडानमा

काठमाण्डु - नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा नेताहरूले पार्टी महाधिवेशनको मितिमा विषयमा आ–आफ्नो अडान कायमै राखेका छन्। बुधबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा संस्थापन पक्ष नेताहरूले प्रतिनिधिसभा निर्वाचनपछि महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन् भने संस्थापनइतर समूहका नेताहरूले निर्वाचन अघि नै महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन्। केही केन्द्रीय सदस्यहरूले भने विशेष महाधिवेशनमा गएर पार्टीलाई एकढिक्का बनाउनुपर्ने…