काठमाण्डु – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गोंगबुस्थित नयाँ बसपार्कमा नि:शुल्क इन्टरनेट सेवाको शुभारम्भ गरेका छन् । काठमाण्डु उपत्यकाको महत्त्वपूर्ण सार्वजनिक स्थालहरूमा नि:शुल्क वाइफाइको पहुँच पुर्याउने निर्णयसहित गत असोज ६ गते पदबहाली गरेका सञ्चारमन्त्री खरेलले बुधबार नयाँ बसपार्क पुगेर सेवा शुभारम्भ गरेका हुन् । सो अवसरमा उनले नयाँ बसपार्कसहित काठमाण्डु उपत्यकाको १९ स्थानमा नि:शुल्क…