सातवटै प्रदेश प्रमुखसमक्ष निर्वाचन परिणाम प्रतिवेदन प्रस्तुत

काठमाण्डु- निर्वाचन आयोगले सात वटै प्रदेश प्रमुख समक्ष निर्वाचन परिणाम प्रतिवेदन बुझाएको छ। मंसिर ४ गते सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनको परिणाम सहितको प्रतिवेदन प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम शनिबार दिउँसो एकैसाथ सातवटै प्रदेशका प्रदेश प्रमुखसमक्ष बुझाएको हो। आयोगका प्रमुख निर्वाचन आयुक्त, आयुक्तहरू, सचिव र सह-सचिव सहितको टोलीले सबै प्रदेशका सदरमुकामस्थित…