अध्यक्ष ओली र केसीबीच भेटवार्ता, के भयो छलफल ?

काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता अर्जुन नरसिंह केसीबिच भेटवार्ता भएको छ। ओलीको निमन्त्रणामा आइतबार साँझ नेता केसी बालकोट पुगेका हुन् । उनीहरुबीच समसामयिक राजनितिक घटनाक्रम, जनजीविका सवालमा उठेका आवाजहरु, सामुहिक रुपमा समाधान गर्ने प्रतिवद्धता तथा नयाँ सरकार गठन, अर्थतन्त्र सुधारको सन्दर्भमा दलहरुबिच एकता र सहकार्यको खाँचोबारे छलफल भएको जनाइएको छ…