काठमाण्डु- नेकपा माओवादी केन्द्रका नेता तथा नवनिर्वाचित प्रदेशसभा सदस्य खगराज भट्टले सुदूरपश्चिमको मुख्यमन्त्री आफूलाई बनाउने सहमति भएको बताएका छन् । भट्टले आफूले मुख्यमन्त्री पाउने अब औपचारिक सहमति हुन मात्र दावी गरेका हुन् । मंगलबार डडेल्धुरामा डडेल्धुरामा सञ्चारकर्मीसँग कुरा गर्दै यस विषयमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग अनौपचारिक समझदारी भएको…