मेलम्ची खानेपानी आयोजनालाई लिएर प्रकाशमानले प्रधानमन्त्री देउवालाई बुझाए ध्यानाकर्षण पत्र

काठमाण्डु - नेपाली कांग्रेसका नेता एवं काठमाण्डु १ बाट निर्वाचित सांसद प्रकाशमान सिंहले मेलम्ची खानेपानी आयोजनालाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटार पुगी उनले काठमाण्डुको खानेपानी समस्या समाधानका लागि मेलम्ची आयोजनालाई दीर्घकालीन रुपमा अगाडि बढाउनुपर्ने स्थलगत निरीक्षणपछि आवश्यकता महसुस गरेको र त्यसमा सरकारको भूमिका प्रभावकारी रहनुपर्ने भन्दै ध्यानाकर्षण…