धरहरा चढ्ने लिफ्ट बिग्रियो

काठमाण्डु-सञ्चालनमा आएको दुई महिना नबित्दै धरहरा बन्द भएको छ । धरहराको लिफ्ट बिग्रिएपछि बन्द गरिएको शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ । विभागका उपमहानिर्देशक प्रकृर्ण तुलाधरका अनुसार धरहरा चढ्ने लिफ्ट बिग्रिएको जानकारी दिए । ‘केहीदिन अघिदेखि नै धरहरा बन्द गरिएको हो । निःशुल्क भएकाले धेरै सर्वसाधारण चढेकाले लिफ्ट बिग्रेको छ’, उनले भने ।…