राष्ट्रपतिको शपथ नखाँदै ट्रम्प विवादमा, मन्त्रिपरिषद्मा एक पछि अर्को विवादास्पद व्यक्ति ल्याउँदै

काठमाण्डु-अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले विवादास्पद छविका व्यक्तिलाई मन्त्रिपरिषद्मा समावेश गरेपछि अलोचना सुरु भएको छ । मन्त्रिपरिषद्मा छानेका कतिपय सदस्यमाथि गलत कार्य गरेको सहितका गम्भीर आरोपहरू लागेका छन् । त्यस्ता विवादित व्यक्तिहरूलाई छानेको भन्दै व्यापक आलोचना भएपछि ट्रम्प रक्षात्मक बन्दै आफ्नो बचाउ गरिरहेका छन् । ट्रम्पले आफ्नो भावी रक्षामन्त्रीका रूपमा छानेका पिट हेग्सेथमाथि यौन दुव्र्यवहारको…