विराटनगर – मोरङ जिल्ला निर्वाचन क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. शेखर कोइरालाले पार्टीभित्रको चरम विवादबिच आफूले सुझबुझपूर्ण ढंगले शान्त र सौम्य पक्ष रोजेको बताएका छन् । पार्टी विभाजनको संघारमा पुगेका बेला आफूले लिएको बिचको बाटोले नै कांग्रेसलाई एकढिक्का राख्न मद्दत पुगेको उनको दाबी छ । विशेष महाधिवेशन र आधिकारिकताको विवाद पार्टीका महामन्त्रीद्वयले…