काठमाण्डु– कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी पक्राउ परेका छन् । नक्कली कागजात बनाएर ३ जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि उनलाई आइतबार बिहान विराटनगरबाट नियन्त्रणमा लिइएको हो । उनलाई विराटनगरबाट विमानमार्फत काठमाडौँ ल्याउन लागिएको कोशी प्रदेशका डिआईजी चन्द्रकुबेर खापुङले बताए । मानव तस्करीको आरोप लागेका अधिकारीलाई शनिबार नेकपा एमाले कोशी प्रदेश कमिटीले…