काठमाण्डु – भोजपुर प्रतिनिधिसभा सदस्यका उम्मेदवार शेरधन राईले प्रदेश नं १ को मुख्यमन्त्री हुँदा भोजपुर जिल्लामा गरेका कामहरु समेटेर श्वेत पत्र सार्वजनिक गरेका छन् । तीन वर्ष ६ महिना सात दिन प्रदेश १ को मुख्यमन्त्री रहेका नेता राईले आइतबार भोजपुरमा एक कार्यक्रमको आयोजना गर्दै आफ्नो गृह जिल्ला भोजपुरको विकास निर्माणमा गरेका कामहरु श्वेतपत्रमार्फत सार्वजनिक गरेका…