गाजा युद्ध : ज्यान गुमाउनेमध्ये ४४ प्रतिशत बालबालिका

काठमाण्डु-इजरायलले गाजामा गरिरहेको आक्रमणमा ज्यान गुमाउनेमध्ये ४४ प्रतिशत बालबालिका रहेको संयुक्त राष्ट्रसङ्घीय निकायले जनाएको छ । इजरायलमा गएको वर्ष प्यालेस्टाइनी बिद्रोही समूह हमासले आक्रमण गरेपछि शुरु भएको आक्रमणमा मारिएका मध्ये ४४ प्रतिशत बालबालिका रहेका हुन् । १३ महिनाको युद्धमा गाजामा कम्तिमा १६ हजार सात सय ६५ जना बालबालिकाले ज्यान गुमाएको संयुक्त राष्ट्रसङ्घीय निकायले जनाएको छ…