विराटनगर – जापान भ्रमण विवादित भएपछि कोशी प्रदेशका निवर्तमान मन्त्री लीलाबल्लभ अधिकारीले नेकपा एमालेको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गर्न पार्टीमा निवेदन दिएका छन् । नेकपा एमालेको प्रतिनिधि परिषद् सदस्य रहेका अधिकारीले नेकपा एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडालाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरी पाऊँ भन्दै निवेदन दिएका छन् । जापान भ्रमणको सिलसिलामा उठेको सार्वजनिक टीकाटिप्पणी…