१८ वर्षमा गृहमन्त्री भएका १४ जनामाथि छानबिन गर्नुपर्छ : ज्ञानेन्द्र शाही

काठमाण्डु– राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले भिजिट भिसा प्रकरणका सन्दर्भमा विगत १८ वर्षमा नियुक्त भएका गृहमन्त्रीमाथि छानबिनको माग गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै शाहीले १८ वर्षमा गृहमन्त्री भएका १४ जनामाथि छानबिन गर्नुपर्ने बताएका हुन् । उनले भने “अहिले गठित समितिमा हाम्रो असहमति छ, यो समितिले न्याय दिन सक्दैन, यो राजनीतिक र सत्तास्वार्थभन्दा…