काठमाण्डु - नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सरोज डंगोल नेकपा (एमाले) मा प्रवेश गरेका छन् । नेकपा (एमाले) ललितपुरद्वारा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा डंगोलसहित १५० जनाभन्दा बढी कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरे । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका छन् । डंगोलसँगै ललितपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट उप प्रमुखका उम्मेदवार माओवादीका ललितपुर…