काठमाण्डु - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान कार्यान्वयनसँगै आर्थिक विकासका लागि सत्ता गठबन्धनलाई मत दिन आवश्यक रहेको बताएका छन् । सङ्घीयता अनुसारको तीनै तहलाई अधिकार सम्पन्न गर्न संविधान अधिकारसूची अनुसार कानुन बनाउन आवश्यक रहेको उनको भनाइ छ । काठमाण्डु क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका सिंहले संसद्को एक कार्यकाल संविधान जोगाउनमा लागेको बताए…