काठमाण्डु – गोरखा जिल्लाको धार्चे गाउँपालिका–३ तातोपानी क्षेत्रमा अलपत्र परेकाहरूको नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ । गोरखाको सामा गाउँबाट माछीखोलातर्फ आउँदै गरेका २० जना विदेशी र १५ जना नेपाली गरी ३५ जना पर्यटक पहिरोको कारण अलपत्र परेका हुन् । अलपत्र परेकोबारे जानकारी प्राप्त हुनासाथ नेपाली सेना र सशस्त्र प्रहरी…