न्युजिल्यान्डका विलियमसनले लिए टी २० अन्तर्राष्ट्रियबाट सन्यास

काठमाण्डु - न्युजिल्यान्डका क्रिकेटर केन विलियमसनले टी २० अन्तर्राष्ट्रिय खेलबाट संन्यास लिएका छन् । न्युजिल्यान्ड क्रिकेट बोर्डले उनको संन्यासको पुष्टि गरेको हो । विलियमसनले न्युजिल्यान्डका लागि ९३ टी २० खेल खेलेका छन् । जसमा उनले २ हजार ५ सय ७५ रन बनाएका छन् । उनले सन् २०११ मा टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए…