खोटाङ – मङ्सिर ४ गते हुने प्रदेशसभा सदस्यका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका तीन जना चुनावी मैदानमा उत्रिएका छन् । नेकपा (एमाले)बाट पाँचकर्ण राई, नेकपा (एकीकृत समाजवादी) पार्टीबाट वीरबलकाजी राई र जनता समाजवादी पार्टी (जसपा)बाट राकेश राई प्रदेशसभा ‘क’मा उम्मेदवार बनेका छन् । एकै वडाका तीन नेताले गत आइतबार आ–आफ्नो राजनीतिक दलबाट र्यालीसहित दलबलका…