मन्त्रीको बार्गेनिङ गर्न राजीनामाले लुम्बिनी कांग्रेस संसदीय दल पदाधिकारीविहीन

काठमाण्डु – नेपाली कांग्रेसको लुम्बिनी प्रदेश संसदीय दल पदाधिकारीविहीन भएको छ । प्रमुख सचेतक जन्मजय तिमिल्सिना र सचेतक निमा गिरीले पदबाट राजीनामा दिएपछि दल पदाधिकारी विहीन भएको हो । अहिले लुम्बिनी संसदीय दलमा दलका नेता डिल्लीबहादुर चौधरी मात्रै छन् । मन्त्री नपाएपछि प्रमुख सचेतक तिमिल्सिना र सचेतक गिरीले राजीनामा दिएपछि दलमा चौधरीमात्रै पदाधिकाी बचेका हुन्…