काठमाण्डु - सत्तारूढ दल नेपाली कांग्रेसले ८६ नेतालाई टिकट दिएको छ । सत्ता गठबन्धनको भागबन्डाअनुसार कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ मध्ये ८६ निर्वाचन क्षेत्र पाएको छ । कांग्रेसबाट प्रदेश नम्बर–१ मा १९ सिट, मधेस प्रदेशमा १५, वाग्मती प्रदेशमा १८, गण्डकी प्रदेशमा नौ, लुम्बिनी प्रदेशमा १२, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा नौ सिट पाएको छ ।…