काठमाण्डु - नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ। अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुण्डुमा बैठक सुरु भएको हो। बैठकले महाधिवेशनको क्यालेन्डर, प्रतिनिधि चयनको मोडालिटीसहित व्यवस्थापन र निर्वाचन तालिकाबारे निर्णय गर्नेछ । एमालेको ११औँ राष्ट्रिय महाधिवेशन मंसिर २७ देखि २९ सम्म पोखरामा हुनेछ । महाधिवेशनको तयारीका सम्बन्धमा आजको बैठकमा प्रारम्भिक रिपोर्टिङ हुने नेताहरूले बताएका…