चितवन – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसलाई बिग्रिन नदिने बताएका छन् । नेपाली कांग्रेस चितवनले सोमबार आयोजना गरेको ‘जननायक बीपी कोइरालाको १११औं जन्मजयन्तीको अवसरमा विशेष सम्मान’ कार्यक्रममा उनले कांग्रेस सबैको घर भएको र यसलाई बिग्रिन नदिने बताए । उनले भने, ‘घरमा केही फोहर देखिएको थियो, त्यसलाई सफा गर्छाैं । बिग्रिन लागेको घर हामी समाल्छौं…