कर्णालीका दुई मन्त्रीले लिए शपथ

काठमाण्डु - कर्णाली प्रदेशका नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। सोमबार प्रदेश प्रमुख तिलक परियारले आर्थिक मामिला तथा योजना मन्त्रीमा कृष्णा शाह र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा रातो कामीलाई शपथ ग्रहण गरेका हुन् । सपथ लिएसँगै कर्णाली प्रदेशका सबै ११ माओवादी प्रदेश सांसद मन्त्री भएका छन् ।