महाधिवेशनको कार्यतालिका ल्याउने विषयमा शेखर कोइरालाले थाले छुट्टै छलफल

काठमाण्डु - नेपाली कांग्रेस भित्र १५औं महाधिवेशनको विवाद उत्कर्षमा पुगिरहेकै बेला नेता शेखर कोइरालाले आफू निकट नेताहरूसँग छलफल गरेका छन्। नेता कोइरालाले पार्टीभित्र देखिएको गतिरोध अन्त्य गरी नियमित महाधिवेशनको कार्यतालिका ल्याउने विषयमा आफू निकट नेताहरूसँग शुक्रबार बिहान छलफल गरेका हुन् । पार्टीको पदाधिकारी बैठक बस्नुअघि कोइरालाले छुट्टै छलफल गरेका छन्। कांग्रेसमा महाधिवेशनको मिति तय गर्ने…