राष्ट्रपतिद्वारा जेठ ३ गतेका लागि संसद अधिवेशन आह्वान

काठमाण्डु - राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ ३ गतेका लागि संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् । आइतबार  सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले जेठ ३ गते मङ्गलबार दिउंसाे  ४ बजेका  लागि अधिवेशन आह्वान गरेकी हुन् । ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७९/१/२५…