काठमाण्डु – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रहरी महानिरीक्षक नियुक्तिको विरोध गरेका छन् । सरकारले वारियता मिचेर आइजीपी नियुक्त गरेको भन्दै नेता कोइरालाले विरोध जनाएका हुन् । आइतबार बसेको मन्त्रिपरिषद बैठकले वारियतामा तेस्रो नम्बरमा रहेका धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो । सरकारको सो निर्णयलगत्तै नेता कोइरालाले सामाजिक सञ्जालमार्फत वरियता र प्रक्रिया…