काठमाण्डु- नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका शिक्षकहरूले आन्दोलन थालेको आइतबार २६ दिन पुगेको छ । तर उनीहरूको माग सम्बोधन गर्ने विषयमा अहिलेसम्म कुनै सार्थक पहल भएको देखिदैन । शिक्षकहरूको आन्दोलन लम्बिदै जाँदा उनीहरूलाई विद्यालय फर्काउन र विद्यालय सञ्चालन गर्न सर्वोच्च अदालतले ४ दिन अघि बिहीबार आदेश दियो । तर अदालतले दिएको आदेशको समयसीमा आइतबार सकिँदैछ…