काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको आगामी अधिवेशन माघ ४ गते आईतबारका लागि आह्वान गरेका छन् । सोमबार राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्ति अनुसार संघीय संसद् सचिवालय सिंहदरबारमा माघ ४ गते बिहान ११ बजे बैठक बस्ने गरी अधिवेशन आह्वान गरिएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले गरेको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले अधिवेशन बोलाएका…