काठमाण्डु – सत्तारुढ दल नेपाली कांग्रेसले पोखरामा गठबन्धन तोड्ने निर्णय गरेको छ । पोखराको मेयर नेकपा एकीकृत समाजवादीले पाउने भएपछि पोखरा कांग्रेसका दुई जिल्ला सचिवले विज्ञप्ति जारी गरेर एकीकृत समाजवादीसँग मित्रवत् प्रतिस्पर्धा गर्ने र उसलाई गठबन्धनमा सामेल नगराउने जानकारी दिएका हुन् । पोखरा महानगरको टिकट कुनैपनि हालतमा अन्य दललाई नदिने पक्षमा कांग्रेस रहेको थियो ।…