सुनसरी – सुनसरीको दक्षिणी गढी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुबै पदमा नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन् । अध्यक्षमा आशनारायण चौधरी र उपाध्यक्षमा अनिता शाह निर्वाचित भएका हुन् । चौधरीले ८ हजार ९०१ मत प्राप्त गर्दै विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महेश दत्तले ५ हजार ३५० मत ल्याएर पराजित भए ।…