चार देशीय टी-२० सिरिज : नेपाल र कुवेत फाइनल खेल्दै

काठमाण्डु- हङकङमा जारी चारदेशीय टी-२० अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा आइतबार नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्दैछ। फाइनल खेल हङकङको मङ कोक क्रिकेट मैदानमा आइतबार बिहान ११ बजेर १५ मिनेटमा सुरु हुनेछ। शनिबार आयोजक हङकङविरुद्ध लिग चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएसँगै नेपाल शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो। खेल हुन नसकेपछि दुवै टोलीले एक एक अङ्क बाँडेका हुन्।…