काठमाण्डु – संघीय सरकारका दुई मन्त्रालय करिब ६ महिनादेखि मन्त्रीबिहीन छन् । पार्टीभित्रै र गठबन्धन दलभित्र सहमति जुटाउन नसक्दा प्रधानमन्त्री शेरबहादुर देउवालाई दुई मन्त्रालयमा मन्त्री नियुक्त गर्न सकस परेको छ । मुलुक स्थानीय निर्वाचनतर्फ अघि बढेका बेला मन्त्रिपरिषदमा रिक्त रहेका दुई मन्त्रालय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र रक्षा मन्त्रालयले मन्त्री पाउन नसकेका हुन् ।…