काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन गरेरै निर्वाचन जाने विषयमा कुनै दुविधा नरहेको बताएका छन् । बिहीबार रिपोटर्स क्लब नेपालको २४औं वार्षिकोत्सवमा बोल्दै अध्यक्ष प्रचण्डले सो बताएका हुन् । उनले भने, ‘गठबन्धन एउटा सन्दर्भमा जन्मिएको हो । लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षाका लागि गठबन्धन बनाएका छौं । निर्वाचनमा गठबन्धबबाटै जाने भन्नेमा…