काठमाण्डु - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रेणु दाहालको खुलेरै प्रशंसा गरेका छन् । चितवनमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले रेणु दाहालको भाषण सुनेर आफू दंगदास भएको बताएका हुन् । ‘पहिलो कुरा म रेणु दाहालको भाषण सुनेर दंगदास भएको छु । उनले चितवनमा गरेको प्रगतिको प्रतिवेदन सुनेर निकै खुसी भएँ,’ नेपालले भने ।…