हेटौंडाको मेयरका लागि गठबन्धनमा अन्योल

हेटौंडा - स्थानीय तहको निर्वाचन नजिकिएसँगै मकवानपुरमा चुनावी माहोल तात्न थालेको छ । तर, पनि पाँच दलीय सत्तारुढ गठबन्धनको उम्मेदवारको अझैसम्म पनि टुंगो लाग्न सकेको छ्रैन । गठबन्धनका दलहरूले हेटौंडा उपमहानगरपालिकाको प्रमुखको लागि आआफ्नो दाबीसहित उम्मेदवारको नाम सिफारिस गर्न थालेका छन् । सत्ता गठबन्धनका दलहरूले मेयर पदका लागि अडान नछाडेपछि अझैसम्म उम्मेदवार टुंगो लगाउन नसकिएको…